करण बने टी–ट्वान्टीमा ५० विकेट लिने दोस्रो नेपाली

काठमाडौं । फास्ट बलर करण केसी अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा ५० विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन् । त्रिवी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलमा ५० औं विकेट हात पारेका हुन् ।
करणले ३६ औं खेलमा ५० विकेट पुरा गरेका हुन् । संयोग कस्तो हो भने नेपालले ५० औं टी–ट्वान्टी खेल खेल्दै गर्दा करणले पनि ५० औं विकेट लिन सफल भए ।
नेपालले पीएनजीविरुद्ध आफ्नो ५० औं अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल खेल्दैछ । यस अघि नेपालबाट टी–ट्वान्टीमा ५० विकेट पुरा गर्ने खेलाडी कप्तान सन्दीप लामिछाने हुन् ।