२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

नेपाली कांग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने

काठमाडौँ । नेपाली कांग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन् ।

पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन् ।

प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए ।
उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पाँच दलीय संयन्त्र बनाइनेछ ।

सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि २१ चैतपछि प्रदेश समिति बैठक बस्ने बताए । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठनसँगै पाँच दलीय संयन्त्र गठनबारे पनि छलफल गर्नेछ ।

लुम्बिनी प्रदेशमा भने समिति गठनमा ढिलाइ हुने सभापति अमर पुनले बताए । मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पनि छिट्टै समिति गठन गर्ने भएका छन् ।

समितिले कांग्रेस सम्मिलित पाँच दलीय गठबन्धनलाई विजयी बनाउन निर्वाचनसम्बन्धी गतिविधि गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com