२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

निर्वाचन आयोगले एकल ढंगले कुनै निर्णय गरेको छैन : आयुक्त थपलिया

जनसेवा न्युज संवाददाता

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले एकल ढंगले कुनै पनि निर्णय नगरेको बताएका छन्।

थपलियाले जे–जे निर्णय भएर कार्यान्वयनका क्रममा आएका छन् ती सबै राजनीतिक दलको लिखित सहमतिकै आधारमा भएको बताए।

गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरोकार’ कार्यक्रममा बोल्दै थपलियाले यस्तो बताएका हुन्।

छलफलका क्रममा निर्वाचन आयोगले मतपत्रको रंग बदलेको, उम्मेदवारलाई दुई दिन मनोनयनको समय दिएकोलगायत विषयमा कुरा उठेपछि थपलियाले त्यसको जवाफ दिएका हुन्।

‘एउटा महानगरमा ९ सयबढी उम्मेदवार हुन्छन्, मनोनयन गर्दागर्दै दुई दिन समय लाग्ने भएकाले त्यसो गरिएको हो,’ उनले भने, ‘छिटो सकिदिनुहुन्छ भने दुई घन्टामै झारिदिउँला अर्को निर्वाचनमा।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा मनोनयन गर्दा दिनभर, रातभर र भोलिपल्ट बिहानसम्म लागेको भन्दै थपलियाले भने, ‘निर्वाचनपछि छलफल भएको थियो, रिपोर्ट आएको थियो, त्यो रिपोर्टमा सबैको लिखित राय, सहमति र अन्तरक्रिया गरेर अहिले दुई दिनको समय निर्धारण गरिएको हो।’

उनले मतपत्रमा हरियो रंगको प्रसंग ठूलो विषय नभएको भन्दै आयोगले सजिलो बनाउनकै लागि काम गरेहको बताए।

उनले निर्वाचन आचारसंहिता दल र उम्मेदवारलाई नैतिकताको कसीमा बाँध्ने कडी भएको र राजपत्रमा प्रकाशित भएपछि त्यसलाई कानुनकै रूपमा स्वीकार गर्नुपर्ने बताए।

‘अपराध गर्नेहरू प्रहरीको आँखा छलेर जतिसुकै भागे पनि एक दिन पक्राउ पर्छन् भनेजस्तै कुनै न कुनै दिन फन्दामा परिन्छ भन्ने सोच्नुहोला,’ उनले भने।

आयोगले निर्वाचन सम्बन्धमा प्राप्त भएका सल्लाह, सुझाव र गुनासालाई आगामी चुनावमा क्रमशस् ग्रहण गर्दै लगिने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा माओवादी केन्द्रका नेता डा. खिमलाल देवकोटा, एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य, तमलोपा केन्द्रीय सदस्य रामजी रायलगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरू थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com