२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

विराटनगरस्थित नोबेल अस्पताल कार्यरत डाक्टर मृत भेटिए

मोरङ । विराटनगरस्थित नोबेल अस्पताल कार्यरत डाक्टर मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाक्टर नोबेल अस्पतालकै अगाडि मृत फेला परेका हुन् ।

मृतक डाक्टर अर्थोपेडिक वार्डमा करिब ३ वर्षदेखि कार्यरत बिजय यादब हुन् । उनले बंगलादेशमा आफ्नो एमबीबीएस अध्ययन पूरा गरेर आएका थिए । राजविराज सप्तरी स्थायी घर भएका उनी विराटनगरमै बस्दै आएका थिए ।

प्रहरीका अनुसार २८ वर्षका डाक्टर यादव शनिबार बिहानै अस्पताल अगाडि मृत फेला परेका हुन् । डाक्टर बिजयको हत्या भएको भन्दै उनका परिवारको आरोप छ ।

यतिबेला मृतक डाक्टरका आफन्तले घटनाका दोसीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

यतिबेला प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाको सम्बन्धमा सुष्म अध्यायन हुने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com