२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

अल्पमतमा रहेका इमरान खानले भने, ‘हामी सत्य र देशका लागि लडिरहेका छौँ ’

एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू सत्य र देशका लागि लडिरहेको बताएका छन् ।

आइतबार पाकिस्तानको समयानुसार बिहान साढे ११ बजे संसद अर्थात् नेशनल एसेम्बलीको कारवाही सुरु हुनेछ र उनको सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि भोटिङ हुनेछ ।

सदनमा अविश्वास प्रस्ताव पेश पेश गरिएको कम्तीमा तीन दिनपछि र सात दिनभित्र त्यसमाथि मतदान गर्नु अनिवार्य छ । यो समयसीमा आइतबार समाप्त हुँदैछ । जानकारका अनुसार हालको स्थिति इमरान खानको पक्षमा छैन ।

शनिबार अबेर राती इमरान खानले ट्वीट गरे, ‘ कर्बलामा, इमाम हुसैन, उनका परिवारका सदस्यहरू र उनका समर्थकहरूले संसारलाई सत्य र असत्य बीचको भिन्नता बुझाउन आफूभन्दा धेरै संख्यामा शत्रुसँग लड्दै आफ्नो जीवन बलिदान दिए । आज हामी असत्य र देशद्रोहीविरुद्ध सत्य र देशको लागि लडिरहेका छौँ ।

इमरान खानको यो ट्वीटले सदनको विश्वास हासिल गर्नमा उनलाई समस्या हुनसक्ने कुराको अनुमान लगाउन सकिन्छ ।

विपक्षलाई आफ्नो अविश्वास प्रस्ताव पास गराउनका लागि १७२ सांसदको समर्थनको आवश्यकता पर्नेछ र विपक्षले आफूसँग १९६ सांसदको समर्थन भएको दाबी गरिरहेका छन् ।

तर इमरान खानले आफूले सदनमा बहुमत हासिल गर्ने र आफूसँग एकभन्दा बढी योजना भएको दाबी गरेका छन् ।

इमरान खानले देशलाई विभाजन गरिरहेका छन् : शहबाज शरिफ

पत्रिका डनका अनुसार प्रमुख प्रतिपक्षी दल मुस्लिम लिग (नवाज गुट) का अध्यक्ष र संसदमा नेता प्रतिपक्ष शहबाज शरिफले इमरान खान आफ्नो धम्कीले देशलाई विभाजन गरिरहेको आरोप लगाएका छन् ।
इस्लामाबादमा पत्रकारसँग कुराकानी गर्दै शहबाज शरिफले भने, ‘इमरान खान प्रत्यक्ष रुपमा पाकिस्तानको संविधानसँग टक्कर लिइरहेका छन् । उनी संविधान र कानुनविरुद्धको बाटोमा हिँडिरहेका छन् । अविश्वास प्रस्ताव पास भएपछि उनले यसको हिसाब दिनुपर्नेछ ।’

शहबाज शरिफले इमरान खान आफ्नो समर्थकलाई उक्साइरहेको पनि आरोप लगाएका छन् तर उनले आफ्ना कार्यकर्ता र समर्थकसँग शान्ति स्थापित गर्नका लागि अपिल गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com