२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गठबन्धनलाई एमाले एक्लै भारी हुने सचिव पद्माको दाबी

पोखरा । एमाले सचिव पद्मा अर्यालले अबको चुनावमा पाँचदलीय गठबन्धनलाई एमाले एक्लै भारी हुने बताएकी छन् । उनले जो कमजोर छ, उसले नै गठबन्धन बनाउने भएकाले एमालेभन्दा कांग्रेस कमजोर भएको पुष्टि हुने बताउँदै गठबन्धनलाई पछारेर एमाले आगामी चुनावबाट देशकै पहिलो शक्ति बन्ने दाबीसमेत गरिन् ।

नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्व भूमिसुधार मन्त्री समेत रहेकी नेता अर्यालले सो दाबी गरेकी हुन् । उनले खेलकुद महासंघमा पार्टीको कुनै हस्तक्षेप नहुने बताउँदै खेलाडीलाई नै प्राथमिकता दिएर खेलाडीहरुको साझा संगठनका बनाउने कुरामा पार्टीको जोड रहेको उल्लेख गरिन् ।

खेलकुद महासंघ इञ्चार्ज गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन एमालेसँग साधारण ढंगले पराजित हुने दाबी गरे । पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका एमाले पोलिट्ब्युरो सदस्य बाँस्कोटाले गठबन्धन स्वार्थको संस्कृति भएको र यसमा जनताको स्वार्थ नभई केही नेता तथा कार्यकर्ताको निजी स्वार्थ जोडिएकाले गठबन्धनलाई जनताले पराजित गर्ने बताए ।

पूर्व गृहमन्त्री एवं एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले अबको चुनावमा एमाले परमादेशबाट नभई जनादेशको आधारमा मूल ढोकाबाटै सरकारको नेतृत्व गर्ने ठोकुवा गरे । उनले चुनावको लागि केही प्रभाव पार्न सकिन्छ कि भन्ने उद्देश्यले पोखरा विमानस्थलको काम सम्पन्न नहुँदै चाबी हस्तान्तरणको नाटक गरिएको आरोप लगाए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतले महासंघ सधैं खेलाडी र खेल क्षेत्रको हितमा कृयाशील रहेको बताउँदै आगामी निर्वाचनमा गण्डकी प्रदेशका सबै स्थानीय तहमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन सके मात्र सो ठाउँमा खेलकुदको विकास हुनसक्ने भएकोले सुर्य चिन्हमा मतदान गर्न सबै खेलाडीहरुलाई अपिल गरे ।
उद्घाटन सत्रलाई एमाले गण्डकी प्रदेशका उपाध्यक्ष मोहन रेग्मी, नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश संयोजक विष्णु पुन लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com