२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्र बैंकले निकाल्यो विभिन्न परीक्षाको समयतालिका

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसअघिका विज्ञापन गरेका परीक्षा तालिका सार्वजनिक गरेको छ। बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

विज्ञापन नं १४/२०७८ को लागि बैंकले मागेको सहायक निर्देशक,प्रशासन, अधिकृत तृतीय ९लेखारलेखापरीक्षण० खुला तथा समावेशी २०७९ असार २२ गते प्रथम पत्र, २३ गते द्वितीय पत्र र २४ गते तृतीय पत्र समय तालिका निकालेको छ।

विज्ञापन नं १५/२०७८ को लागि सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय (वाणिज्य कानुन) को २०७९ असार २५ गते प्रथम २६ गते द्वितीय र २७ गते तृतीय पत्रको समय तालिका निर्धारण गरेको छ ।

विज्ञापन नं १६/२०७८ को लागि माग गरेको सहायक निर्देशक, प्राविधिक, अधिकृत तृतीय (सुचना प्रविधि) प्रथम पत्र २०७९ असार २८ गते द्वितीय पत्र २९ गते र तृतीय पत्र ३० गतेका लागि समय निर्धारण गरेको छ ।

त्यस्तै विज्ञापन नं १३/२०७८ को लागि माग गरेको सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीयको पहिलो पत्र २०७९ जेष्ठ १० गते द्वितीय पत्र असार १९ गते तृतीय पत्र असार २० गतेका लागि निर्धारण गरेको छ ।

विज्ञापन नं १४/२०७८ र १५/२०७८ को परिक्षा समय बिहान ७स्३० लागि निर्धारण गरेको छ भने १३/२०७८ र १६/२०७८ का लागि दिउँसो २ बजेका लागि निर्धारण गरेको छ । परिक्षा केन्द्र भने पछि निर्धारण गर्नै बैंकले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com