२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचनमा औचित्यका आधारमा तालमेल गर्नु :डा. शेखर कोइराला

गण्डकी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई आग्रह गरे ।

जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्दै उनले भने, ‘प्रदेशले कांग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’

नेता काइरालाले तालमेलका नाममा विसं २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताए।

नयाँ मतदातालाई रुखबाहेक अन्य चिह्नमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा कांग्रेसका लागि चुनौती भएको बताउँदै नेता कोइरालाले भने, ‘एकातिर घरघर जाऔँ कांग्रेस जिताऔँ अभियान जुटेको पार्टी कार्यकर्ताले गठबन्धनका नाममा कसरी माओवादीलाई भोट हाल कसरी भन्ने यसको व्यवस्थापन गर्नुपर्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com