२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नेपालले उचाल्यो उपाधि त्रिकोणात्मक टी-२० श्रृखंला : पीएनजीलाई ५० रनले हराउँदै

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृखंलाको उपाधि नेपालले जितेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालले घरेलु मैदानमा लगातार दोस्रो टी २० सिरिज जितेको छ । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज जितेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । यस्तै करन केसीले १२ बलको सामना गर्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए ।

एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी ११८ रनमा समेटियो । पपुवा न्युगिनीलाई जिताउन सेसे बाउ अन्तिम समयसम्म सङ्घर्षरत रहे । उनले ३८ बलको सामना गर्ने क्रममा ६ छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए । चाल्र्स अमिनीले १५ रन बनाउनु बाहेक पपुवा न्युगिनीका अरु कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । प्रारम्भिक खेलाडीद्वय लेगा सिका र असाद भालाले आठरआठ रन मात्र बनाउन सके ।

बलिङतर्फ नेपालका ऐरी र केसीका साथै कप्तान सन्दिप लामिछानेले समेत दुई विकेट लिए । ऐरीले निकै नै किफायती बलिङ गरे । उनले चार ओभरमा १८ रन मात्र खर्चिए । यस्तै केसीले तीन ओभरमा २७ रन तथा लामिछानेले चार ओभर बलिङ गर्दै २५ रन दिए ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए । ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com