२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो

एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो । मुम्बईमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउने १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १५५ रन बनायो ।

लखनउका लागि क्विन्टन डी ककले अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उने ९ चौका र २ छक्को सहयोगमा ८० रन बनाए । त्यस्तै कप्तान के एल राहुलले १९ रन जोड्दा कुर्नाल पाड्या १९, दीपक हुड्डा ११ र आयूस बदोनीले १० रन जोडे ।

बलिङतर्फ दिल्लीका लागि कुलदीप यादवले दुई विकेट लिए । त्यस्तै ललित यादव र शार्दुल ढाकुरले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले पृथ्वी शाको अर्धशतकको सहयोगमा दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

दिल्लीका लागि शाले ३४ बल खेल्दै ९ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान रिशव पन्तले ३९ रन जोड्दा सर्फराज खानले ३६ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि रवी विस्नोइले दुई विकेट लिए । त्यस्तै कृष्णपा गोथामले एक विकेट लिए ।

जितसँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । लिगमा ४ खेल खेलेको लखनउ ६ अंक जोडेको छ । पराजित दिल्ली ३ खेलबाट २ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com