२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

आईपीएल : दिल्लीमाथि लखनऊको जित

काठमाडौं । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले जित निकालेको छ ।

बिहीबार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लखनउको जितमा क्विन्टन डी ककले सर्वाधिक ८० बनाए । यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो । दिल्लीका पृथ्वी शले सर्वाधिक ६१ रन बनाए । यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे ।

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com