२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा माहोल बढेको छ : अध्यक्ष ओली

बागलुङ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुङ्गे पुल, बाटोघाटो र तुइन हटाउने काममा कीर्तिमानी कायम गरेको दाबी गरेका छन् । शनिबार एमाले बागलुङको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले बजेट नभएको भन्दै योजना कटौती गर्न बाहेक अरु केही गर्न नसकेको आरोप लगाएका छन् ।

यसैबीच अध्यक्ष ओलीले एमाले पर्वतले कुश्माबजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गरेका छन् । उनले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा माहोल बढेको दाबी गरे ।

अध्यक्ष ओलीले कुश्मामा रेलको स्टेशन बन्न सक्ने तर्क गर्दै भने, “यहाँ रेलमार्ग, सुरुङमार्ग पनि क्रमशः बन्दै जान्छन् । सो अवसरमा उनले रक्सोल–काठमाडौँ रेल र केरुङ–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेको बताए ।

आफ्नो कार्यकालमा तुइन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार र कृषिको आधुनिकीकरण, सघन सहरी विकास, डिजिटल नेपाललगायत कार्यक्रम सञ्चालन गरेको अध्यक्ष ओलीको दाबी थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com