२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

स्थानीय चुनाव : महिला आकांक्षी किन कम ?

वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य पदमा उम्मेदवार बन्न इच्छुक छन्। आकांक्षीहरू आफ्नो पक्षमा पार्टीबाट निर्णय गराउन भेटघाट र दौडधुपमा व्यस्त छन् ।

राजनीतिक वृत्तसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि उम्मेदवारका आकांक्षीबारे चर्चा हुन थालेको छ। विभिन्न दलबाट पालिकामा उम्मेदवार बन्न चाहनेको लामो सूची छ । तर यो सूचीमा धेरैजसो पुरुष छन्। महिला आकांक्षीमध्ये एकाधबाहेक अरूको चर्चा पनि कम छ । महिला आकांक्षी भए पनि पुरुषजस्तो खुलेका छैनन् ।

पोखरा महानगरपालिकाको मेयरमा एमालेभित्र बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको चर्चा छ। त्यस्तै कांग्रेसभित्र मेयरका लागि सरस्वती गुरुङ चर्चामा छिन् । अरू दलमा त महिला आकांक्षीको नामै कम सुनिन्छ। मुख्य दलमा महिला आकांक्षी सीमितमात्र खुलेका छन् । अन्य दलमा त महिला आकांक्षी निकै कम छन् । महिला आकांक्षी किन कम भएका हुन् वा के महिलाले उम्मेदवार बन्ने चाहना नै नराखेका हुन् त ? आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com