२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

एमालेमा आबद्ध हुन सबै वामपन्थीलाई उपाध्यक्ष बादलको अपिल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कम्युनिष्ट आन्दोलनको विकाससँगै समाजवादको आधार तय गर्न एमालेको नेतृत्वमा आबद्ध हुन सबैलाई अपिल गरेका छन् ।

पार्टीको केन्द्रीय प्रचार विभागमार्फत जारी एक सन्देशमा उनले कम्युनिष्ट विचारधारामा आस्था राख्नेहरू सबै एमालेमा आबद्ध हुनु पर्ने बताएका हुन् । यस्तै, उनले एमालेले मात्रै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह गर्ने बताए ।

‘नेकपा एमालेले नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको प्रतिनिधित्व गर्दछ, म सबै वामपन्थीहरूलाई, सबै कम्युनिष्ट विचारधारामा आस्था राख्नेहरूलाई एमालेमा आबद्ध हुन, एमालेमा प्रवेश गर्नको निम्ति म आह्वान गर्दछु,’ उपाध्यक्ष थापाले भने, ‘कम्युनिष्ट आन्दोलनको विकासका निम्ति, समाजवादको आधार विकास गर्नका निम्ति नेकपा एमालेको नेतृत्वमा आबद्ध हुनका लागि म अपिल गर्न चाहन्छु ।’

यसैगरी सन्देशमा उनले एमाले एक सच्चा वामपन्थी शक्ति भएको बताए । ‘नेकपा एमाले एक सच्चा वामपन्थी शक्ति हो, एउटा कम्युनिष्ट शक्ति हो, आज देश र वामपन्थी आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पनि ठूलो संकट पैदा भएको छ,’ उनले भने ।

उपाध्यक्ष थापाले दक्षिणपन्थी शक्तिहरू कम्युनिष्ट आन्दोलनमा देखा परेको बताए । उनले ती दक्षिणपन्थी शक्तिहरूले नेकपालाई विघटन गरेको दाबी गरे ।

‘अहिले दक्षिणपन्थी शक्तिहरू कम्युनिष्ट आन्दोलनमा देखा परे, ती दक्षिणपन्थी शक्तिहरूले, प्रवृतिहरूले नेकपालाई विघटन गरे, र कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ चुनौती खडा गरेका छन्,’ उनले भने, ‘आज कम्युनिष्ट आन्दोलनको प्रगतिका निम्ति, कम्युनिष्टहरूको एकताका निम्ति पनि नेकपा एमालेको नेतृत्व अपरिहार्य छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com