२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पल शाह प्रकरण : ‘पीडित’ नाबालिगले बयान फेरिन्

जनसेवा न्युज संवाददाता

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले रातोपाटीसँग भने–‘पीडित होस्टाइल भएकी छिन्, बकपत्रमा हस्ताक्षर भइसकेको छ ।’

बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com