२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचनमा गठबन्धनमा यस्तो छ महानगर र उपमहानरमा मेयरर उपमेयरको भागबण्डा

आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिमा भागबण्डा करिब टुंगिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा महानगर र उपमहानगरपालिकाको भागबण्डा भएको हो ।

काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका प्रमुख पाएका छन् । माओवादी, एकीकृत समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाएको छ भने काँग्रेसले प्रमुख पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलका अनुसार ११ वटा उपमहानगरपालिका मध्ये काँग्रेसले ७ वटामा प्रमुख पाएको छ । माओवादी केन्द्रले २, एकीकृत समाजवादी र जसपाले एक–एक उपमहानगरपालिका प्रमुख पाएको उनको भनाइ छ । काँग्रेसलाई बुटवल, तुल्सीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीको उपमहानगरपालिकाको मेयर दिने सहमति भएको उनले बताए । काँग्रेसले सुरुमा सबै उपमहानगरपालिका प्रमुख आफूले राखेर माओवादी, एकीकृत समाजवादी र जसपालाई उपमप्रमुख मात्र दिने अडान राखेको थियो ।

अन्तिममा काँग्रेसले ११ मध्ये ५ वटा उपमहानगरपालिका माओवादी, एकीकृत समाजवादी र जसपालाई छोडेको छ । यस्तै घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको भएको पौडेलले बताए । उनका अनुसार एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका मात्र भएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएको छ । यसअघि एकीकृत समाजवादीले बुटवल र इटहरी उपमहानगरपालिका दाबी गरेको थियो भने जसपाको दाबी नेपालगञ्ज र कलैया उपमहानगरपालिका प्रमुखमा थियो ।

यस्तै काँग्रेसले जनकपुर, हेटौडा, जितपुर सिमरा र घोराही उपमहानगरपालिका उपमेयरमा लिएको छ । धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रको भागमा परेको छ भने एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिएको छ ।

जसपाले कलैया उपमहानगरपालिका उपप्रमुख पाएको छ । नेपालगञ्ज र धनगढीको उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको पौडेलले बताए । नेपालगञ्जमा जसपा र धनगढीमा माओवादीले उपप्रमुखमा दाबी राखेको अवस्था छ । नेपालगञ्जको उपमेयर दिन केही लचिलो देखिएको काँग्रेस धनगढीको उपमेयर आफूसँगै राख्ने अडानमा छ । यस विषयमा छलफल गर्न राति गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा बैठक चलिरहेको छ । बाँकी विषयमा पनि सहमति जुटाउन बैठक सुरु भएको छ । आजै सबै भागबण्डा टुङ्ग्याउँछौँ, पौडेलले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com