२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले समान एक–एक गोल गरे । सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

सिटीले सुरुवातदेखि नै दबाबमा राखेपनि ब्राइटनले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । खेलेको ५३औँ मिनेटमा महरेजले गोल गर्दैै सिटीलाई अग्रता दिलाएका थिए ।

६५औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ८२औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई जित दिलाए ।

यो जितसँगै सिटी पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ । ३२ खेलमा ७७ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com