२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सिन्धुली मा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

सिन्धुली मा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

प्रकाशित : २०७९ बैशाख, ८

सिन्धुली : सिन्धुलीमा बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध पारिएको छ । कमलामाई नगरपालिका २ भद्रकालीका स्थानीयले बीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोटखण्डको पिपलभन्ज्याङमा बुधबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाका अनुसार बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले पैदलयात्री ३९ वर्षीय विजय मोक्तानलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोक्तानको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

पैदलयात्रीको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका हुन् । मोक्तानलाई मंगलबार राति जीपले ठक्कर दिएको थियो । राजमार्ग अवरुद्ध गरेपछि लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।

उता बोलेरो चालक आइतसिङ लामालाई नियन्त्रणमा लिइसकिएको लामाको भनाइ छ । चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको र अवरुद्ध राजमार्ग खुलाउन वार्ता भइरहेको छ, प्रहरी प्रवक्ता लामाले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com