२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

दिक्तेल नगरपालिकाको मेयरमा राप्रपाबाट तीन जनाको नाम सिफारिस

दिक्तेल नगरपालिकाको मेयरमा राप्रपाबाट तीन जनाको नाम सिफारिस

जनसेवा न्युज संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी सम्बद्ध गठबन्धन र नेकपा एमालेले हालसम्म उम्मेदवारको टुंगो लगाउन नसकिरहेको अवस्थामा राप्रपा नगर कमिटीले मेयरमा जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपमेयरमा चन्द्रकुमारी राई तारा, टिकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको हो ।

बिहीबार दिक्तेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पर्क कार्यालय उद्घाटनका क्रममा राप्रपाले नगरपालिकाको उम्मेदवारको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गरेको जानकारी दिएको हो ।

उम्मेदवारमा सिफारिस भएका श्रेष्ठ राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष र राई वर्तमान जिल्ला अध्यक्ष हुन् । बस्नेत क्षेत्र ९ख०का उपाध्यक्ष हुन् ।

यस्तै, उपमेयरमा सिफारिस भएकी विश्वकर्मा राप्रपाकी जिल्ला कोषाध्यक्ष, राई राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष र खत्री नगर कमिटी उपाध्यक्ष हुन् ।

खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाका अन्य स्थानीय तहबाट पनि आकांक्षीको नामावली सिफारिस भएर आएको राप्रपाका जिल्ला अध्यक्ष राईले बताए । सिफारिस भएर आएका नामावलीमध्येबाट सहमतिमा उम्मेदवारको टुंगो लगाइने राप्रपाले जनाएको छ ।

जिल्लामा गठबन्धन दलले प्रमुख र उपप्रमुखको भागबण्डा गरेपछि उम्मेदवार टुंग्याउन सकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com