२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सप्तरीको खडक नगरपालिका–६ का छेदीलाल पासवान मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

सप्तरीको खडक नगरपालिका–६ का छेदीलाल पासवान मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

काठमाडौं । सप्तरीको खडक नगरपालिका–६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक ७ का रामदेव साहु तेलीकहाँ पुगे। पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए। त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए।

तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फिर्ता गरिदिएका थिए।

पछिल्लोपटक भने पासवानले तेलीबाट धोका पाए। उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर जग्गा फिर्ता पाएनन् ।

पासवानले सप्तरी प्रहरी प्रशासन, अदालतलाई गुहार्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो तर अझै तेली फेला परेका छैनन् ।

राजविराजबाट डेरा सर्दैसर्दै तेली पछिल्लो समय धरानमा आएको खबर सुनेका पीडित छेदीलालसहित सातजना शुक्रबार दोस्रोपटक धरान आए।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com