२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पालगञ्जमा गठबन्धनबाट बाहिरियो माओवादी, एक्लै चुनाव लड्ने

नेपालगञ्जमा गठबन्धनबाट बाहिरियो माओवादी, एक्लै चुनाव लड्ने

नेपालगञ्ज । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै निर्वाचन लड्ने भएको छ ।
पाँच दलीय सत्तारुढ गठबन्धनमा सम्मिलित माओवादीलाई मेयर र उपमेयर पद नपरेपछि माओवादीका बाँके जिल्ला अध्यक्ष रतन शाहीले शनिबार पत्रकार सम्मेलन गरी निर्वाचन एक्लै लड्ने बताएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘गठबन्धनको मूल स्पिरिटविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएकाले हाम्रो पार्टी नेकपा माओवादी केन्द्र आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख पदसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने घोषणा गर्दछौँ ।’

गठबन्धनले गरेको सहमतिअनुसार नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । तर, त्यहाँका माओवादी नेताहरुले २०७४ को निर्वाचनअनुसार माओवादीलाई उपमेयर पाउनुपर्ने भन्दै आएका थिए ।

तर, गठबन्धनले माओवादी केन्द्रको भागमा उपप्रमुख पनि नदिएपछि त्यहाँका माओवादी नेताहरुले गठबन्धनमा सहभागी नभइ एक्लै निर्वाचन लड्ने भनेका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com