२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

रोल्पामा गठबन्धनको भागवण्डा अझै मिलेन, भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने

रोल्पामा गठबन्धनको भागवण्डा अझै मिलेन, भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने

जनसेवा न्युज डटकम संवाददाता

रोल्पाका १० स्थानीय तहमा सत्ता गठबन्धनभित्र भागवण्डा नमिलेपछि भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच मुख्य रुपमा भागवण्डा नमिलेपछि भोलि मात्रै उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

‘रोल्पामा चुनावी तालमेल गर्न सत्ता गठबन्धनभित्र कुरा मिलेको छैन । आज र भोलि छलफल गर्ने भन्ने छ’ माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दीपेन्द्र पुनले भने, ‘यदि चुनावी तालमेल हुन नसकेमा एकल रुपमा भिड्ने भन्ने छ ।’ रोल्पामा सत्ता गठबन्धन नभएपनि एमालेले जित्ने अवस्था नभएकाले एकल रुपमा चुनाव लड्ने सम्भावना बलियो रहेको पुनले बताए ।

काँग्रेसले रोल्पा नगरपालिकासहित ५ स्थानीय तह मागेको छ । जसमा त्रिवेणी, रुण्टीगढी, लुङ्ग्री, गंगादेव छन् । यसअघि निर्वाचनमा काँग्रेसले लुङ्ग्री गाउँपालिका मात्रै जितेको थियो । एकीकृत समाजवादीले भने रुण्टीगढी र त्रिवेणी गाउँपालिका दाबी गरेको छ । यसअघि दुबै गाउँपालिका एमालेले जितेको थियो । सोही गाउँपालिकामा एकीकृत समाजवादीले दाबी गरेको हो । गठबन्धनमा सहमति हुन नसकेपछि एकल रुपमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com