२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

सुनको मूल्य घट्यो, चाँदीको यथावत

सुनको मूल्य घट्यो, चाँदीको यथावत

जनसेवा न्युज डटकम संवाददाता

साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको छ।

आइतबार सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य भने प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो साताको शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रति‍औंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com