२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विन्दावासिनी हाइड्रोपावरको १० लाख कित्ता आईपीओ खुल्ला

विन्दावासिनी हाइड्रोपावरको १० लाख कित्ता आईपीओ खुल्ला

जनसेवा न्युज डटकम संवाददाता

विन्दावासिनी ​ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १० लाख कित्ता सेयर जारी गरेको हो । स्थानीयले कम्तीमा १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन भने ढिलोमा २५ गतेसम्म दिन सक्नेछन् ।

एक अर्ब जारी पूँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कास्की र लमजुङको सीमानामा बग्ने रुदी खोलामा कम्पनीले दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरेकोमा ८.८ मेगावाट क्षमताको रुदी खोला ’ए’ को निर्माण कार्य सकिसकेको छ भने ६.६ मेगावाट क्षमताको रुदी खोला ‘बी’ जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको जनाएको छ ।

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com