२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

बसको ठक्करबाट एक जना पैदलयात्री को मृत्यु

सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाण्डौको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुभेच्छा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सीतापाईलाबाट भिमढुङगा चल्ने बा २ ख २३०५ नम्बरको बसले आज बिहान साढे ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । बस सहित चालकलाई प्रहरी बृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com