नेपाली काँग्रेस भक्तपुरले स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाए

नेपाली काँग्रेस भक्तपुरले स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाए
भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको निर्णय अनुसार भक्तपुर नगरपालिकामा नगर प्रमुखमा राम कासुलालाई सिफारिस गरेको छ ।
त्यस्तै मध्यपुर नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सुर्यविनायक नगरपालिकामा निशान ढुङ्गेल र चाँगुनारायण नगरपालिकामा जीवन खत्रीलाई निर्विरोध चयन गरेको छ ।
साथै उप–प्रमुखमा चाँगुनारायण नगरपालिकामा सुभद्रा काफ्लेलाई उम्मेदवार चयन गरिएको छ ।
भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिकाका उप प्रमुख भने गठवन्धन तर्फ माओवादी र समाजवादीलाई दिइएको छ ।