२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

स्थानीय निर्वाचन, २०७९ का लागि उम्मेदवार मनोनयन गर्ने अन्तिम म्याद आजसम्म

स्थानीय निर्वाचन, २०७९ का लागि उम्मेदवार मनोनयन गर्ने अन्तिम म्याद आजसम्म

काठमाडौं । उम्मेदवारको मनोनयन गर्ने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले आईतबार र सोमबार दुई दिन मुलुकभरका सबै स्थानीय तहहरुमा उम्मेदवार मनोनयन गर्न सुचित गरेको थियो ।

आयोगका अनुसार देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन सुरु हुनेछ । यो क्रम हिजो र आजसम्म मात्रै रहने आयोगले जनाएको थियो ।

विगतको समयमा आयोगले मनोनयनका लागि एक दिन मात्रै समय निर्धारण गर्ने गरेको थियो । तर यो पटक भने २ दिन निर्धारण गरिएको छ ।

मनोनयनका क्रममा भीडभाड हुने भन्दै यो पटक आयोगले एक दुई दिन निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।

कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com