२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

रोकिएन नेप्सेमा गिरावट, ३५ अंकले घट्यो परिसूचक

रोकिएन नेप्सेमा गिरावट, ३५ अंकले घट्यो परिसूचक

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार पुनस् घटेको छ। सोमबार बजार ३५ अंकले घटेको हो। पहिलो दिन ९५ अंकले बढेको बजार आजको कारोबारमा भने बजार ३४.९५ अंकले घटेको हो।

आज २४२०.९१ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३८६.०१ अंकमा ओर्लिएको छ। चौथो कारोबारको दिन नेप्से परिसूचक १.४४ प्रतिशत तथा क वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.३४ प्रतिशत अर्थात ६.१९ अंकले घटेर ४५४ दशमलव ६९ अंकमा ओर्लिएको छ ।

३५ अंकले बजार घट्दा आज कारोबार भएका २ सय ३९ कम्पनीको सेयर कारोबारमा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रूपैयाँ बराबरको ५० लाख ४७ हजार ७ सय ६९ कित्ता सेयर ४६ हजार ४ सय १ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज होटेल तथा पर्यटन र म्यचुअल फण्ड बाहेक अन्य ११ समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा बढी अन्य समूहको सेयर मूल्य घटेको छ। अन्य समूहको सेयर २.२६ प्रतिशतले घटेको छ।

बजार घट्दा आज कारोबार भएका जम्मा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, सिद्धार्थ इक्युटी फण्ड, एनआइबिएल प्रगती फण्ड, आरबीबी म्यचुअल फण्ड, सामुदायिक लघुवित्त लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा सेन्ट्रल फाइनान्स, रसुवागढी हाइड्रो पावर, न्यादी हाइड्रो, सामालिङ पावर, हिमालय ऊर्जा विकास कम्पनी रहेका छन्।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com