देउवासँग विद्रोह गर्ने डडेलधुराका कर्ण मल्ल कांग्रेसबाट भए निष्काशित
देउवासँग विद्रोह गर्ने डडेलधुराका कर्ण मल्ल कांग्रेसबाट भए निष्काशित
काठमाडौँ । नेपाली कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग विद्रोह गर्ने डडेलधुराका कर्ण मल्ललाई पार्टीबाट निष्काशित गरिएको छ ।
पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गरी मल्ललाई पार्टीबाट निष्काशित गरिएको जानकारी दिएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरीपत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको हो ।