२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मकवानपुर गोल्डकप जेठ १२ बाट हुने

मकवानपुर गोल्डकप जेठ १२ बाट हुने

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो ।

फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।

‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले बजेट छुट्याएका छन् । स्थानीय तहको चुनावपछि गोल्डकप गर्ने तयारी थालेका छौं’, जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले भने, ‘निर्णय गरेर आवश्यक तयारी सुरु गरिसकेका छौं ।’

प्रतियोगितामा ए डिभिजन क्लबसहित आयोजक टिमको समेत सहभागिता हुनेछ । यस वर्षको मकवानपुर गोल्डकपको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com