२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सत्ता गठबन्धनको निर्णय : सहमतिविपरीतको उम्मेदवारी फिर्ता, एमालेसँग चुनावी तालमेल गरे खारेज

सत्ता गठबन्धनको निर्णय : सहमतिविपरीतको उम्मेदवारी फिर्ता, एमालेसँग चुनावी तालमेल गरे खारेज

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको सहमतिविपरीत हुने उम्मेदवारी फिर्ता हुने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकपछि पाँच दलका शीर्ष नेताहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमतिविपरीत हुने उम्मेदवारी फिर्ता हुने निर्णय भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक सहकार्य गर्ने ।’ यसो भन्नुको अर्थ कुनै पार्टीबाट सहमतिविपरीत बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन लगाइनेछ ।

बैठकले गठबन्धनबाहेकका दलसँग कुनै चुनावी तालमेल भए खारेज हुने निर्णय पनि गरेको छ । गठबन्धन बाहेकका दलसँग तालमेल गरेमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ ।

गठबन्धनमा यसअघि गठबन्धनमा आवद्ध दलबाहेक एमालेलगायत दलसँग तालमेल नगर्ने सहमति गरे पनि केही ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको पाइएपछि बैठकले त्यो खारेज हुने निर्णय गरेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com