२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सर्लाहीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

सर्लाहीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ मा बुधबार ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सप्तरीको राजविराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादव रहेकी छिन् । गम्भीर घाइते उनको उपचारको क्रममा निजगढ स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक उनकै २५ वर्षीय छोरा विजय यादवको अवस्था भने सामान्य रहेको छ । दुवै सवारी साधन सहित ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई प्रदेश १ –०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले आज बिहान पौने ११ बजे ठक्कर दिएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com