२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

श्रीलङ्कामा सर्वदलीय सरकार बनाउन तयार छु : राष्ट्रपति राजापाक्षे

श्रीलङ्कामा सर्वदलीय सरकार बनाउन तयार छु : राष्ट्रपति राजापाक्षे

 

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन् ।

आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उहाँले संसद्‌मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे ।

देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेबारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए ।

उनले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत बुधबार सन्देश प्रवाह गरे।

सरकार भित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पारे।

उनले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठक समेत आयोजना गरे।

श्रीलङ्कामा आर्थिक संकट सुरु भएपछि महङ्गी र अभाव सृजना भएको थियो भने त्यसै कारणले आम नागरिक आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण हिंसात्मक घटनाहरू समेत भएपछि राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ । आन्दोलनकारीहरूले अहिलेको सरकारकै कारणले आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको आरोप लगाउदै आएका छन् ।

आम नागरिक र आन्दोलनकारीहरूको दबावका कारण राष्ट्रपति राजापाक्षे सर्वदलीय सरकार गठनका लागि तयार भएको बताएका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com