२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भक्तपुरमा निर्वाचन आचारसंहिताबारेमा सर्वदलीय छलफल

भक्तपुरमा निर्वाचन आचारसंहिताबारेमा सर्वदलीय छलफल

भक्तपुर । भक्तपुरमा निर्वाचन आचारसंहिताबारे सर्वदलीय छलफल कार्यक्रम गरिएको छ ।

बुधबार प्रमुख जिल्लाअधिकारीको उपस्थितिमाा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा सुरक्षा निकायका प्रतिनिधि, निर्वाचनमा भाग लिएका बिभिन्न दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा भाग लिएका सबैले निर्वाचन आचारसंहिता बाहिर नगई गम्भीर भएर पालना गरे मात्र शान्तिपूर्ण निर्वाचन सम्पन्न सम्भव हुने बताए ।
उनले निर्वाचन सम्बन्धि सम्पूर्ण सूचनाहरु सबै मिडियाकर्मीलाई सहज वातारवणमा समयमै उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्वाचन कार्यालयलाई निर्देशन दिए ।

भक्तपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत गोपल प्रसाद बास्तोलाले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न निर्वाचन कार्यालय, दल, सुरक्षा निकाय र मतदाताहरुको साथसहयोगले मात्र सम्भव हुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

उनले मनोनयन दर्ताको दिनमा सरवरको समस्याले गर्दा काम ढिला भएको बताउँदै भोलिको दिनमा यस्तो समस्या नहोस् भनी कार्यालय सचेत रहेको पनि बताए ।

अधिकृत बास्तोलाले निर्वाचन सम्वन्धि सम्पूर्ण सूचना तथा जानकारी चारवटै नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वेबसाइडमा राख्ने र जिल्ला निर्वाचन कार्यालय मार्फत पनि उपलब्ध गराउने जानकारी दिए ।

त्यस्तै कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरुले मनोनयन दर्ता गर्ने दिनमा कार्यालयबाट भएको कमीकमजोरी औल्याउँदै आगामी दिन यस्तो नहोस् भनी सचेत गराउँदै निर्वाचन आचारसहिता उलंघन गरेको छ वा छैन भनी निरिक्षण गर्न पनि अनुरोध गरे ।

डिजीटलको जमानामा पनि आचारसंहितामा कपडामा लेखेको ब्यानर मात्र प्रयोग गर्ने भने विषयमा असन्तुस्ति जनाएको थियो ।
आजभोलि पत्रपत्रिका भन्दा सामाजिक सञ्जाल बढी प्रयोग हुने र सबैको पहुँच पुगिसकेको बेला पनि सामाजिक सञ्जालमा प्रचार प्रसार बन्देज गरेकोमा पनि उम्मेदवारहले असन्तुष्टि जनाएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com