२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर

गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर

 

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौँ मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कार्यक्रममा फाउण्डेशन बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईले कपन क्षेत्रमा बस्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले जीपी फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै नागरिकको स्वास्थ्य जाँच सेवालाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।

उक्त स्वास्थ्य शिविरमा ९०२ लाई सेवा प्रदान गरिएको थियो । शिविरमा प्रसूति तथा स्त्रीरोग, बालरोग, छालारोग, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी साथै आँखा रोग र दाँतसम्बन्धी रोगको जाँच गरिएको थियो ।

यस्तै शिविरमा भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी सेवा पनि प्रदान गरिएको फाउण्डेशन बागमती प्रदेशका सहसंयोजक कुमार खड्काले जानकारी दिनुभयो ।

आगामी दिनमा बूढानीलकण्ठका सबै वडामा यस्ता शिविर सञ्चालन गर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com