२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

इतिहासमा आज : हिटलरले आत्महत्या गरेको दिन

इतिहासमा आज : हिटलरले आत्महत्या गरेको दिन

एजेन्सी
३० अप्रिल १९४५ दिउँसो समय। जर्मन तानाशाह एडोल्फ हिटलरलाई लाग्न थाल्यो कि अब उनले युद्ध जित्न सक्दैनन् । उनको पराजय निश्चित थियो, तर उनी शत्रुलाई कुनै पनि हालतमा जिउँदै हात लाग्न चाहँदैन थिए । त्यसैले उनले आत्महत्या गर्ने निर्णय गरे । उनले बंकरमा रहेका आफ्ना सहकर्मीलाई विषका सानो सिसी बाँडे । हिटलरको अल्सेसियन कुकुरमा विषको घातकताको जाँच गरिसकेका थिए।

३:३० मा, हिटलरकी पत्नी एफा ब्राउनले विष पिइन् । त्यसैबेला हिटलरले पनि आफ्नो दाहिने कन्चटमा ७.६५ एमएमको पेस्तोलले गोली हाने । उनका निजी सेवक हाइन्त्स लिंगे केही मिनेट पछि कोठामा आए । दुबै शवलाई कम्बलमा बेरेर नाजी पार्टीका दुई एसएस सिपाहीहरूको सहयोगमा कार्यालयको बगैँचामा लगियो र जलाइयो। दुवैको शव जलाउन धेरै पेट्रोल खन्याइयो । बाँकी शवलाई बंकर नजिकैको खाल्डोमा गाडियो ।

वास्तवमा, जर्मनी दोस्रो विश्वयुद्धमा हारको कगारमा थियो। यसको कारण, १६ जनवरी १९४५ देखि, हिटलर आफ्नो राइच(चान्सलरको कार्यालयको बगैँचामा तीन मिटर बाक्लो पर्खालहरू भएको भूमिगत बंकरमा बस्दै आएका थिए । २५ अप्रिलमा नै हिटलरले आफ्नो व्यक्तिगत अङ्गरक्षकलाई बोलाएर भने कि मैले आफूलाई गोली हानेपछि मेरो शरीरलाई बगैँचामा लगेर आगो लगाइदिनु ताकि मरेपछि मलाई कसैले देख्न र चिन्न नपरोस्।

अप्रिल २५ देखि, सोभियत सेनाहरूले बर्लिनलाई घेरे। यो विश्वास गरिन्छ कि अप्रिल २७ मा नै हिटलरले सोभियत सेनाको हातमा पर्नुको बदलामा आत्महत्या गर्ने निर्णय गरिसकेका थिए। यसपछि २८ अप्रिलको मध्यरातमा हिटलरले आफ्नी लामो समयदेखिकी प्रेमिकासँग आफ्नो बंकरमा विवाह गरे । उनको प्रचार मन्त्री गोएबल्स यो विवाहको साक्षी बने।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com