२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

३ दिनदेखि बेपत्ता विनिताको शव टुक्रा पारी गाडिएको अवस्थामा भेटियो

३ दिनदेखि बेपत्ता विनिताको शव टुक्रा पारी गाडिएको अवस्थामा भेटियो

इलाम । इलाम नगरपालिका( ८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । विगत ३ दिनदेखि बेपत्ता स्थानीय अंदाजी ३१ वर्षीय विनिता काफ्लेको शव गाडिएको अवस्थामा शनिबार फेला परेको हो ।

खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घटनास्थलबाट गाडिएको अवस्थामा शव निकालेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाका अनुसार महिलाको शव घाँटी रेटी टाउको र शरीरिको भाग छुट्टयाएको अवस्थामा फेला परेको हो । उनको हात पनि काटेर टुक्रा पारिएको अवस्थामा शव भेटिएको हो ।

घटना प्रकृति हेर्दा विनिताको हत्या गरी जमिनमा गाडिएको सजिलै बुझ्न सकिने थापाले बताए । घटनाको थप अनुसन्धान जारी रहेको र हत्याराको पहिचान नजिक पुगेको पनि उनले बताए ।

विनिताका पतिको २ वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियो । उनकी ४ वर्षीया एक छोरी रहेको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान जारी राखेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com