२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

आज २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

आज २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

 

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ९२२ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ । सो अवधिमा १८ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । हाल २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थप कोरोना संक्रमतिको संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । यस्तै, ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com