भारतीय कांग्रेस आईका नेता राहुल गान्धी काठमाडौंमा
भारतीय कांग्रेस आईका नेता राहुल गान्धी काठमाडौंमा
काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्।
उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल प्रशासनले स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनी नक्सालस्थित मेरियट होटलमा बसेका छन्। उनी नितान्त घुमघामका लागि नेपाल आएको बताइएको छ। नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान बताइएको छ। उनी शुक्रबार स्वदेश फर्कनेछन् ।