२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन् ।

यो योजना शुक्रबार वैशाख १६ देखि सञ्चालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्रभएका सबै विद्यार्थीले आफ्नो वाआफ्नो आमा वा बाबुको नागरिकताको फोटो कपी, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्ने भएका छन् ।

कर सहित मात्र रु ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जस अन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभसहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विद्यार्थीहरुलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरुसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहनमद्त पुर्याउने विश्वास एनसेलले लिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com