२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

‘न्युट्रोल’ बसेका वामदेव गौतमले लेखिदिए नेकपा (एस) को चुनावी गीत

‘न्युट्रोल’ बसेका वामदेव गौतमले लेखिदिए नेकपा (एस) को चुनावी गीत

 

काठमाडौं । माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) को चुनावी गीत वामदेव गौतमले लेखिदिएका छन् ।

‘जनता जगाउने कलममा छाप लगाउने’ चुनावी गीतको शब्द गौतमले लेखिदिएका हुन् । गौतमले लेखेको उक्त चुनावी गीत नेकपा (एस) ले आफ्नो यूट्युब च्यानलबाट आज मंगलबार सार्वजनिक गरेको छ ।

नेकपा (एस) को गीत लेखेसँगै गौतम उक्त पार्टीतिर लालेको लख काटिए पनि पार्टीको आग्रहबमोजिम मात्र आफूले गीत लेखिदिएको गौतमको भनाइ छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा परिणत हुँदा गौतम ‘न्युट्रोल’मा बसेका थिए । उनी एमाले र माओवादी मिलाउनै लागिपरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com