२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना

 

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।

यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिनुभयो । यो केन्द्र आठ हजार ४३० मिटरमा रहेको छ ।

चीनले अहिले राखेको मौसम विज्ञान केन्द्र आठ हजार ८३० मिटरको उचाइमा राखिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनले विश्वकै सबैभन्दा अग्लो स्थानमा राखिएको मौसम केन्द्र भएको दाबी गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com