२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कांग्रेसको घोषणा–पत्रमा एमालेले गरेको विकासको विरोध गरिएको : अध्यक्ष ओली

कांग्रेसको घोषणा–पत्रमा एमालेले गरेको विकासको विरोध गरिएको : अध्यक्ष ओली

 

कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अहिले एमाले एकातिर र गठबन्धन अर्कोतिर रहेको भन्दै कांग्रेसले घोषणा–पत्रमा एमालेले गरेका विकासको विरोध गरेको आरोप लगाएका छन् । विहीबार कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

त्यस्तै अध्यक्ष ओलीले कांग्रेसको घोषण–पत्रमा आफ्ना सभापतिको नाम आठ ठाउँमा लेखेको र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेर गालीगलौज गरेको बताएका छन् । यसका साथै उनले आफ्ना शाखा सन्तान र नातागोताको व्यवस्थापन गर्न बनेको पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताएका छन् ।

गन्तव्य नै नभएको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरेर बाँडिचुँडी खानेमात्र रहेको उनको आरोप छ । अध्यक्ष ओलीले भनेका छन्, ‘यो परमादेशी गठबन्धन कसरी बनेको थियो भन्ने सबैलाई थाहा छ । २३ सिट ल्याएको कांग्रेस पार्टीका अध्यक्ष शेरबहादुर देउवा ढोडका लौरा टेकेर हिँड्न खोज्दै हुनुहुन्छ ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com