२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ताप्लेजुङमा आफ्नै छोराद्वारा ७० वर्षका बुबा र ७३ वर्षीया आमाको हत्या

ताप्लेजुङमा आफ्नै छोराद्वारा ७० वर्षका बुबा र ७३ वर्षीया आमाको हत्या

 

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगा छोराले आमा र बुबा दुवैको हत्या गरेका छन् ।
स्थानीय २५ वर्षिय आइतराज लिम्बूले अफ्ना ७० वर्षका बुबा वृखबहादु र ७२ वर्षकी आमा फिपरानीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार आमा र बुबा दुवैका हत्या गरेका हुन् ।

उक्त स्थान एकान्तमा रहेको र २ घर मात्रै रहेकाले घटनाबारे तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाइ छ ।

घटनापछि स्थानीयल सुरुमा लेलेप प्रहरी चौकिमा खबर गरेको बताइएको छ । घटनाअघि पनि पारिवारिक विवाद भ एको र प्रहरीले मिलापत्र गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मिलापत्रपछि आइतराज भेडीगोठमा बस्दै आएका थिए ।

हत्या आरोपित आइतराजालाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान थालेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com