२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति

तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो ।

तरुण दल अध्यक्ष विद्वान गुरुङले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई निर्देशन दिएका छन् । ‘यहीं २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने बिश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरेको छु,’ उनले भने ।

गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिइएको जनाएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com