२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बालिका बलात्कार आरोपमा पक्राउ

बालिका बलात्कार आरोपमा पक्राउ

 

उदयपुर । फरक क्षमता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका(३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका( ३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रण लिएको हो ।

फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणम लिएर अनुसन्धान थालेको हो । उनलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com