२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

गल्छी २ नम्वर वडालाई नमुना वडा बनाउने छु : उम्मेदवार षडानन्द खनाल

गल्छी २ नम्वर वडालाई नमुना वडा बनाउने छु : उम्मेदवार षडानन्द खनाल

 

धादिङयहि बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनमा गल्छी गाउँपालीका वडा नम्बर २ को वडा अध्यक्षमा षडानन्द खनाल नेकपा एमाले को तर्फबाट उम्मेदवार हुनुहुन्छ अहिले उहाँ घरदैलो कार्यक्रममा जनतासँग भलाकुसारी गरी हातेमालो गर्दै चुनावी अभियानमा व्यस्त हुनुहुन्छ ।

स्थानीय तह निर्वाचन २०७४ मा वडा नम्बर २ बाट अत्याधिक मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए भने उहाँले त्यस पछि आफ्नो वडा लाई नमुना बनाउन सक्रिय भएर लाग्नु भयो र जनताको मनमा बस्न सफल हुनुभयो उहाँले जनताको काम कार्बाही लाई ध्यानमा राखी निरन्तर काम गरेर जनताको मन जित्न सफल हुनुभयो, आफ्नो वडावासि कै माग अनुसार फेरी उहाँले वडा अध्यक्षको टिकट पाउँनु भयो । उहाँ भन्नु हुन्छ मैले गल्छी गा.पा. वडा २ लाई मैले नयाँ नमुनाको रुपमा विकाश गरि वडा बनाउँने लक्ष्य बोकेको छु , मैले ५ वर्षमा जे–जती काम गरे वडाको हित हुने गरि राम्रो काम गरेको छु ।

मेरो पालोमा सुरु भएकाो विकाश निमार्णका कामहरु धेरै छ त्यस अपुरो कामलाई पुर्णता दिनेछु अब ५ वर्ष मा मैले वडामा गर्नु पर्ने विकाश निमार्णको कामलाई सम्पन्न गर्नेछु, र जनताको साथमै रहेर अगाडी बढूने छु भन्दै प्रतिबद्धता जनाउँदै फेरी अमुल्य मत दिएर जिताउँन वडाबासि हरुलाई अपिल गर्नु भयो ।

गल्छी गा.पा. बडा २ पहिले देखि नै नेकपा एमालेको पकड भएको वडा हो । जहाँ एमालेको जित सुनिश्चित मानिन्छ । तर यसपटक एमाले टुक्रिएकोले अघिल्लो निर्वाचनमा जस्तो जित सहज नभएको अन्य पार्टीको बुझाइ रहेता पनि, त्यस वडा बासीहरु भन्नु हुन्छ हाम्रो भोट फेरी खनाल लाई हो हामि फेरी षडानन्द खनाललाई चुनाव चिन्ह सुर्य मा छाप लगाई जिताउने छौँ भन्दै वडाबासिहरुले प्रतिकृया दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com