२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

स्थानीय, पश्चिमी र भारतीय वायुको प्रभाव कायमै, आज पनि वर्षा हुने

स्थानीय, पश्चिमी र भारतीय वायुको प्रभाव कायमै, आज पनि वर्षा हुने

 

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय वायु प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय वायु प्रणालीको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै कारण आज पनि मौसम बदली रहने र कथिपय भूभागमा वर्षा हुने महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले प्रदेश १ का तराई भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्याकामा पनि मौसम धुम्म छ ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ ।

मौसमा पूर्णतया सुधार आउन केही दिन लाग्ने बताइएको छ । भोलि पनि मौसम बदली नै रहने महाशाखाको पूर्वानुमान छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com