२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मेयर बने बिना पर्खालको खुल्ला काठमाडौं बनाउँछुः केशव स्थापित

मेयर बने बिना पर्खालको खुल्ला काठमाडौं बनाउँछुः केशव स्थापित

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई ‘बिना पर्खालको खुल्ला काठमाडौं’ बनाउने बताएका छन् ।
आइतवार काठमडौंमा आयोजित अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयरका उम्मेदवार स्थापितले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गरे । उनले काठमाडौंभित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गरे । मेयरका उम्मेदवार स्थापितले स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरे व्यहोर्ने पनि बताए । उनले काठमाडौंमा ४८ अर्ब राजश्व उठाउन बाँकी रहेकोले आफू मेयर भएपछि हरेक दिन जनताको गुनासा सुनेर तत्काल समस्या समाधान गर्ने घोषणा गरे ।

मेयरका उम्मेदवार स्थापितले पशुपति विकास कोष कुनैपनि हालतमा महानगरको मातहतमा आउनुपर्ने बताए । उनले सदस्यसचिव बनेर जानेहरूले कसलाई कति खुवाउने भन्ने चर्चामात्र हुने र लुट्ने बाहेकको काम नहुने भन्दै महानगरले मातहतमा राखेर व्यवस्थापन गर्नुपर्ने बताए । स्थापितले शव जलाउने ठाउँको डिजाइन आफूले गरिसकेको दाबी गरे ।

उनले भने, ‘पशुपति विकास कोष भनेको कुनै हालतमा काठमाडौं महानगरपालिका अन्तर्गत आउनुपर्छ । नभए काम हुँदैन । को एक जना सदस्यसचिव भएर आउने, कसलाई कति ख्वाउँछ भनेर सार्वजनिक चर्चा गर्ने, लुट्ने बाहेक केही हुन्छ । मेरो मातहतमा भयो भने नै मैले व्यवस्थापन गर्ने हो । लाश जलाउने ठाउँ मैले डिजाइन गरेको छु । मैले डिभाइस डिजाइन गरेको छु । त्यो यस्तो गज्जबको हुन्छ तपाई मलामी गयो भने मै सुताँै, मरौँ जस्तो त्यस्तो पो हुनुपर्छ । त्यस्तो म बनाउँछु ।’

त्यस्तै कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि काठमाडौं महानगरपालिका भित्रका घर परिवारमा बच्चा जन्मिएपछि एक बिरुवा रोप्ने अभियान शुरु गर्ने बताइन् । उनले काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न कुनै ठूलो कुरा नभएको भन्दै यो व्यवस्थापन गर्न नजान्दा भएको कमजोरी रहेको बताइन् ।

त्यस्तै विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेतृ समीक्षा बास्कोटाले आफू मेयरमा उठेपछि सबैभन्दा पहिला फोहोर व्यवस्थापनमा ध्यान दिने बताइन् । उनले घरबाट नै फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने बताइन् ।

मेयरकी उम्मेदवार बास्कोटाले काठमाडौं महानगरपालिकाभित्र रहेका खुल्ला क्षेत्रलाई सर्वसुलभ पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको बताइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com