२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

जनसेवा न्युज डटकम संवाददाता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो ।

उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com